गोरखापत्र अनलाइन
काठमाडौँ, असार १२ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैँका तीन पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ ।
योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे ।
डिस्चार्ज
यस्तै, विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् । आठ महिला र ४० पुरूष निकाे भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ ।
रेड जाेन
रेड जाेनमा एक जना थपिएकाे छ ।
थप एक मृत्यु
असार ११ गते थप एकजनाकाे मृत्यु भएकाे छ । अन्दाजी २५ देखि ३० वर्षीया महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक अचेत फेला परेकी थिइन् । जाँच हुँदा मृत्य घाेषणा भएकाे थियाे । साेही दिन जाँच गर्दा १२ गते मृतककाे स्वाबमा काेराेना भेटिएकाे छ । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २७ पुगेकाे छ । मृत्यु हुनेकाे नाम र ठेगाना खुलेकाे छैन ।