logo
२०८१ मंसिर ११ मंगलवार



राजधानीका ठूला अस्पतालमा सङ्क्रमित बढ्नथाले, गङ्गालालकाे बहिरङ्ग सेवा बन्द

स्वास्थ्य |
फिचर |


राजधानीका ठूला अस्पतालमा सङ्क्रमित बढ्नथाले, गङ्गालालकाे बहिरङ्ग सेवा बन्द


सरोज ढुंगेल
काठमाडौं, असार २३ गते । केही दिनदेखि राजधानीका ठूला अस्पतालमा काेराेना संक्रमितकाे संख्या बढ्न थाले पछि अस्पतलाले अाेपीडी सेवा बन्द गरेका छन् ।  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका सात जना बिरामीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भए पछि भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएसँगै अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा स्थगन गरिएको छ ।
अस्पताल प्रशासनले अस्पतालमा भर्ना भएका केही बिरामीमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका सात जना बिरामीमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो ।
अस्पतालले केही बिरामीहरुमा सार्स–कोभ–२ देखिएकोले थप सतर्कता अपनाउन आकस्मिक बाहेकको सेवा स्थगन गरिएको जनाएको छ ।सेवा सुचारुबारे केही खुलाएको छैन् । भर्ना भएका बिरामीको आर टी पीसीआर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
त्यसैगरी, ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एक युवामा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले उपचारका लागि जटिल अवस्थामा पाटन अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । मृतक गोरखा भिमसेनथापा गाउँपालिका–२ का २६ वर्षीय युवा हुन । झुण्डिएर बेहोस भएको अवस्थामा परिवारजनले उपचारका लागि काठमाडौं ल्याएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?