logo
२०८१ मंसिर ११ मंगलवार



कोशीको अस्पतालमा केही वार्ड सिल गरेर कर्मचारीको स्वाब लिइँदै

स्वास्थ्य |


कोशीको अस्पतालमा केही वार्ड सिल गरेर कर्मचारीको स्वाब लिइँदै


नवराज कट्टेल
विराटनगर, साउन १२ गते। कोशी अस्पताल विराटनगरको पोस्टनेटल वार्डमा कार्यरत नर्समा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि उक्त वार्ड सिल गरिएको छ ।
विराट अस्पतालका चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँको ‘ओटी’ विभागमा कार्यरत नर्ससमेत सङ्क्रमित हुनुभएकाे  हाे । उहाँ कोसीसँगै विराटमा समेत आंशिक कार्यरत रहुनभएकाे थियाे । उहाँसँगै विराटका चारजना नर्सहरूमा कोरोना सङ्क्रमण पोजिटिभ आएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य विभागले जानकारी दिइएको छ ।

कोशीको पोस्टनेटल वार्डमा उहाँलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसपछि कोसीको उक्त वार्ड सिल गरिएको छ । कोशी असपतालमा हाजिर हुन आएका सप्तरीका अर्का चिकित्सकलाई समेत शनिबार कोरोना पोजिटिभ देखिएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. चुमनलाल दासले अस्पतालमा कार्यरत नर्समा कोरोना सङ्क्रमण पोजिटिभ देखिएसँगै वार्ड सिल गरिएको जानकारी दिनुभयो । कोशीले उक्त वार्ड सिलसँगै नर्सको सम्पर्कमा रहेकाहरूको पहिचान गरि स्वाब सङ्कलनको काम सुरु गरेको मेसु दासले जानकारी दिनुभयो । यसअघि सङ्क्रमित  चिकित्सक तथा आइतबार सङ्क्रमण पुष्टि हुनुभएकाे नर्सलाई अस्पताल भर्ना गरिसकिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?