logo
२०८१ मंसिर ११ मंगलवार



चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट चौथो मृत्यु

स्वास्थ्य |


चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट चौथो मृत्यु


गोरखापत्र अनलाइन
काठमाडाैँ, साउन १६ गते । काठमाडौँ उपत्यकामा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाकाे मृत्यु भएको हो ।
पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार हस्पिटल सानेपामा कोभिड–१९ को परीक्षण गराउनुभएकी महिलामा सङ्क्रमणको पुष्टि भएपछि पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृत्यु भएको निर्देशक शर्माले जानकारी दिनुभयो । निमोनियाबाट ग्रसित उहाँको श्वास लिन समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
ललितपुरमा एक जनाको मृत्युसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । यसअघि पर्सामा बिहीबार र शुक्रबार बिहान गरी तीन जनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?