logo
२०८१ मंसिर ११ मंगलवार



अख्तियारका दुई सय कर्मचारीमा गरिएको परीक्षणमा १५ जना सङ्क्रमित पुष्टि

स्वास्थ्य |
फिचर |


अख्तियारका दुई सय कर्मचारीमा गरिएको परीक्षणमा १५ जना सङ्क्रमित पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत् आइतबार करिब दुई सय कर्मचारीको स्वाब सङ्कलन गरेको थियो ।
महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले जोखिममा पर्ने र स्टिङका लागि घुमिरहने प्रहरी लगायतका कर्मचारीको आइतबार स्वाब सङ्कलन गरिएकोमा आज परीक्षणको नतिजा आएको जानकारी दिनुभयो । उहाँले केही सङ्क्रमित भएको पुष्टि गर्नुभएपनि यथार्थ संख्या जानकारी नभएको बताउनुभयो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले १५ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको जानकारी पाएको बताउनुभयो ।
डा. पाण्डेले सङ्क्रमण पुष्टि भएकोमा एक दुईजना अधिकृत स्तरका कर्मचारीबाहेक अधिकांश सुरक्षाकर्मी रहेको खुलाउनुभयो ।
आयोगमा आजै नै सङ्क्रमित कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्ने तयारी गरिएको महाशाखा प्रमुख डा. पाण्डेले बताउनुभयो । महाशाखा प्रमुख डा. पाण्डेले भन्नुभयो, “थप ४० जनाको स्वाब सङ्कलन गर्न लागिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?