logo
२०८१ मंसिर ११ मंगलवार

  नौ दिनमै कोरोना जित्ने एसपीको दिनचर्या  



गुर्जोको रस र दैनिक व्यायामले सहज भयो

स्वास्थ्य |
मुख्य समाचार |


गुर्जोको रस र दैनिक व्यायामले सहज भयो


अर्जुन काफ्ले
स्याङ्जा, साउन २१ गते । कोरोना सङक्रमित हुनुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीले विमलराज कँडेलले पहिलो रिपोर्ट आएको आठ दिनमै कोरोनामाथि विजय हासिल गर्नुभएकाे छ । साउन ६ गते तीन जना सुरक्षाकर्मीमा कोरोना देखिएपछि ७ गते पीसीआर परीक्षणका लागि उहाँकाे स्वाब लिइएको थियो ।

साउन १२ गते कोरोना देखिएपछि क्वार्टरभित्रै आइसोलेसनमा बस्नुभएको उहाँकाे सङक्रमण देखिएको नवौँ दिनमा पीसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्यका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । आफूसँगै ४० जना सुरक्षाकर्मीमा कोरोना देखिएकोमा साउन ६ गते कोरोना पुष्टि भएका दुईसहित एसपी कँडेल नतिजा नेगेटिभ देखिएको हो ।

अन्य सङक्रमितमा लामो समयसम्म कोरोना पोजिटिभ देखिरहँदा आफ्नो सर्तकताले चाँडै निकाे भएकाे बताउनुभयो । आइसाेलेसन बसेको समयामा गुर्जो रातभर भिजाएर दुई गिलास पानीलाई तताएर एक गिलास बनाएर हरेक दिन खाएको बताउँदै एसपी कँडेलले अस्वगन्धा, तुसली, बोझाे खाएको र दिनको डेढ घण्टा शारीरिक व्यायाम गरेको बताउनुभयो ।

माछा मासु नखाएको बताउँदै एसपी कँडेलले बेसार, कागती, अदुवा आफ्नो स्वास्थ्यको सहयोगी बनेको बताउनुभयो । उहाँले पोजिटिभ देखिएको नवौँ दिनमा नेगेटिभ आए पनि समग्रमा पहिलो स्वाब लिएको चौध दिनमा दोस्रो पटक परीक्षण गरिएको बताउनुभयो ।

कोरोना सङक्रमणको बेला सेट र मोबाइल फोनबाट ड्युटी गरेको बताउँदै एसपी कँडेलले अब भौतिक रुपमै काम फर्कने बताउनुभयो । मास्क लगाउने र स्यानिटाइजर प्रयोग गर्ने बताउँदै उहाँले सामाजिक दूरी कायम गरेर भेटघाट र कामलाई कमी हुन नदिने बताउनुभयो ।

यस्तै अर्जुन चौपारी-५ का ४२ वर्षीय परुषमा भने तस्रोपटक पनि कोरोना पोजिटिभ देखिएको छ । जेठ ३० गते भारतबाट आएर असार १३ पोजिटिभ देखिएका पुरुषसँगै सङक्रमण देखिएका १७ जना भने निकाे भएर घर फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?