logo
२०८१ मंसिर ११ मंगलवार



थप ३७८ मा सङ्क्रमणको पुष्टि, कुल २२ हजार ५९२

स्वास्थ्य |


थप ३७८ मा सङ्क्रमणको पुष्टि, कुल २२ हजार ५९२


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २४ गते । कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा मृत्यु भएका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?