logo
२०८१ मंसिर ११ मंगलवार



गण्डकी अस्पतालको आइसोलेसन सङ्क्रमितले भरियाे

स्वास्थ्य |


गण्डकी अस्पतालको आइसोलेसन सङ्क्रमितले भरियाे


तारा चापागाईं दुवे
पोखरा, साउन २६ गते । गण्डकी अस्पतालको आइसोलेसन भरिएपछि थपिएका सङ्क्रमितलाई वडा नं ३० मा रहेको कोरोना सङ्क्रमित अस्पतालमा राख्ने तयारी भएको छ । गण्डकी अस्पतालको आइसोलेसन भरिएको पश्चिमाञ्चल स्वाथ्य अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, 'अब थपिएका सङ्क्रमित बिरामी कहाँ राख्ने भन्ने विषयमा महानगरले प्रदेशले निर्णय गर्छ । रहेकामध्ये बिरामी निको हुने र थपिने क्रम छ । सङ्क्रमित थपिँदैजाने क्रम बढेकोले अब यसमा मात्र राख्न मिल्ने अवस्था रहेन ।'

सोमबार सात जना बिरामी निको भएर घर फर्किएका कारण अहिले २८ जना बिरामी रहेको पश्चिमाञ्चल अस्पताल आइसाेलेसनका इन्चार्ज क्षेत्रकुमारी रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा ४० वटा बेड रहेकोमा १० वटा बेड आइसीयूको लागि राख्नुपर्ने हुन्छ । आइसीयूमा राख्नुपर्ने गम्भीर प्रकृतिका बिरामी र अन्य सामान्य लक्षण नदेखिएका बिरामीलाइ एकै ठाँउमा राख्दा उनीहरूको डराउने समस्या देखिन गएकोले १० बेड आइसीयूका लागि छुट्याउने कि भन्ने छलफल भइरहेको रोकाले बताउनुभयो । उहाँका अनुसार १० बेड आइसीयूका लागि राख्दा अब गण्डकी अस्पतालमा ३० जनाभन्दा सङ्क्रमित राख्न मिल्दैन ।

सङ्क्रमितको सङ्ख्या बढ्दैजाँदा आइसोलेसन वार्ड भरिएकाे जिल्ला जनस्वास्थ्य कार्यालयका निर्देशक बाबुराम आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, 'थपिएका बिरामी हामी लेखनाथ सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा लाने तयारी भइसकेको  छ ।' उक्त अस्पतालमा ४५ वटा बेड तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६२० पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ५६३ नमुना परीक्षणमा नयाँ आठ जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ४७० पुगेको भने मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सोमबार मात्र गण्डकी प्रदेशका पाँच वटा जिल्लामा गरी आठ जना स्रक्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?