logo
२०८१ मंसिर ११ मंगलवार



उपत्यकामा ४४ सहित ३३८ सङ्क्रमित, कुल २३ हजार ३१०

स्वास्थ्य |


उपत्यकामा ४४ सहित ३३८ सङ्क्रमित, कुल २३ हजार ३१०


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २६ गते । कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा १४०  जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् । भाइरस लागेर डिस्चार्ज हुनेको प्रतिशत ७०.७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । ।

सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ । रेड जाेनमा थप एक जना बारा जिल्लाका परेकाे छ । कुल रेड जाेनमा ५५४ जना रहेका छन् । स्वःमूल्याङ्कन गरेका ६२ हजार २२५ रहेका छन् ।

उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित

काठमाडौँ उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । उपत्यका सबैभन्दा बढी काठमाडाैँ जिल्लामा सङ्क्रमित भएका छन् । काठमाडौँमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् ।

 यस्तै, साेमबार नेपालमा मृत्यु सङ्ख्या ७९ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?