logo
२०८१ मंसिर ११ मंगलवार



सङ्क्रमित सङ्ख्या २४ हजार ४३२ पुग्याे, बुधबार थप ४८४ सङ्क्रमित

स्वास्थ्य |


सङ्क्रमित सङ्ख्या २४ हजार ४३२ पुग्याे, बुधबार थप ४८४ सङ्क्रमित


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । कोरोना भाइरसका कारणले  ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कुरा बताउनुभएको छ । पछिल्लो २४ घण्टामा दश हजार ४८१ पीसीआर परीक्षण गरिएकाे थियाे । 

नेपालमा सक्रिय सङ्क्रमित सात हजार ६१३ रहेका छन् । नेपालमा चौबीस घण्टामा ६४ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ । कोरोना मुक्त प्रतिशत ६८.४ रहेकाे छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरू चार वटा रहेका छन् । काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् ।
त्यसैगरी, शून्य सङ्क्रमित हुने छ वटा जिल्लाहरू रहेका छन् । सङ्खुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा आठजना सङ्क्रमितको मृत्युसँगै कुल मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?