logo
२०८१ मंसिर ११ मंगलवार



काठमाडौँकी एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु

स्वास्थ्य |
फिचर |


काठमाडौँकी एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १ गते । ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । मृतक काठमाडौँ भोटाहिटीकी ५८ वर्षीया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय, ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार साउन २८ गते भर्ना हुनुभएकी उहाँको आज बिहान १० बजे निधन भएको छ । श्वास लिन कठिनाइ भएपछि अस्पताल भर्ना हुनुभएकी उहाँ पहिलेदेखि मधुमेहबाट ग्रसित हुनुहुन्थ्यो । डा. गेलालका अनुसार उहाँको कोभिड–१९ को परीक्षण गर्दा साउन ३० गते रिपोर्ट पोजिटिभ आएको थियो ।
उपचारकै क्रममा आज बिहान उहाँको निधन भएको डा. गेलालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?