logo
२०८१ मंसिर ११ मंगलवार



पाटन अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

स्वास्थ्य |
फिचर |


पाटन अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ५ गते । ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र एक पुरुष छन् । दुवै जना जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर भएर आएका बिरामी रहेको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार दुवै जनाको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको छ । दोलखा निवासी ३० वर्षीया महिलाको उपचारको क्रममा बिहान करिब चार बजे मृत्यु भएको डा. गेलालले जानकारी दिनुभयो । उहाँ भदौ २ गते अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

सर्लाहीको मलङ्गवा निवासी ४६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान करिब साढे पाँच बजे निधन भएको डा. गेलालले बताउनुभयो । उहाँ साउन ३१ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?