logo
२०८१ मंसिर ११ मंगलवार



थप ८३८  सङ्क्रमितसहित कुल ३० हजार ४८३ पुग्याे

स्वास्थ्य |


थप ८३८  सङ्क्रमितसहित कुल ३० हजार ४८३ पुग्याे


गोरखापत्र अनलाइन
काठमाडौँ, भदाै ५ गते । कोरोना भाइरसका ८३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र ५४६ जना पुरुषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।  

क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८८९  पीसीआर परीक्षणमा भएकाे थियाे । 

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । 

बढ्दै आइसीयूमा बिरामी
नेपालमा कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिरहेको बेलामा आइसीयूमा १३३ रहेर उपचार भइरहेको छ । त्यस्तै बागमती प्रदेशमा मात्रै १५ जना बिरामी भेन्टिलेटरमा रहेका छन् ।

राससका अनुसार पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?