गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ५ गते । काठमाडौँ उपत्यकामा कोभिड–१९ का १८२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ गरी १८२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्गको क्रममा पछिल्लो चौबीस घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । बिहीबार काठमाडौँ उपत्यकामा २०० जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।