logo
२०८१ असोज १२ शनिवार



कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छः विश्व स्वास्थ्य सङ्गठन प्रमुख

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोरोना महामारी दुई वर्षभित्र अन्त्य हुन्छः  विश्व स्वास्थ्य सङ्गठन प्रमुख
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ६ गते । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले कोरोनाभाइरसको महामारी दुई वर्षभित्र अन्त्य हुने बताउनुभएको छ । जेनेभामा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै टेड्रस अदनोम गेब्रेससले स्पेनिस फ्लु अन्त्य हुनसमेत दुई वर्ष लागेको चर्चा गर्नुभयो । स्पेनिस फ्लुको प्रकोप सन् १९१८ मा सुरु भई सन् १९१९ को डिसेम्बरसम्म चलेको थियो ।
डा.गेब्रेससले भन्नुभयो, “प्रविधि विकासले भाइरसको अन्त्य छोटो अवधिमा हुन टेवा पुर्याउनेछ ।” “यथार्थमा सम्पर्क सञ्जालले भाइरस फैल्ने सम्भावना पनि बढेको छ ।”– विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. गेब्रेससले उल्लेख गर्नुभयो । उहाँले यसै अवधिमा हामीकहाँ भाइरसको सङ्क्रमण रोक्ने प्रविधि पनि उपलब्ध रहेको बताउनुहुँदै भाइरसविरुद्ध लड्न राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यबद्धतामाथि जोड दिनुभयो ।
सन् १९१८ को स्पेनिस फ्लुको महामारीमा कम्तीमा पाँच करोड व्यक्तिले ज्यान गुमाएका थिए । कोरोनाभाइरसले हालसम्म आठ लाख व्यक्तिको मृत्यु भएको छ । करिब दुई करोड २७ लाख व्यक्ति सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?