गोरखापत्र अनलाइन
काठमाडाैँ, भदौ १२ गते । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ४१५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडाैँमा ३५० जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार २२९ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । चौबीस घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । बिहीबार काठमाडाैँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ३७७ जना सङ्क्रमित पुष्टि भएको थियो ।