logo
२०८१ मंसिर १२ बुधवार



काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १४ गते । काठमाडौँ उपत्यकाका थप ४२९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँका ३७२ जना छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा काठमाडौँ उपत्यकाका तीन जिल्लामा ४२९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १२ हजार ७१७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?