logo
२०८१ मंसिर १२ बुधवार



मृत्यु हुने बढ्दाे क्रममा, थप ११ सहित २३९ पुग्याे

स्वास्थ्य |


मृत्यु हुने बढ्दाे क्रममा, थप ११ सहित २३९ पुग्याे


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १६ गते । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दाे दिशामा रहेकाे छ ।  पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । एक जना चार वर्षीया बालिका र १० जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

महोत्तरीमा चार वर्षीया बालिका र ३७ वर्षीय पुरूष,  सिरहामा ६५, पर्सामा ५३, ८० र ६० वर्षीय, बारामा ६०, चितवनमा ५२, काठमाडाैंमा ३४ र ६०, मकवानपुरमा ५८  वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।

यसरी मङ्गलबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ । नेपालमा अहिले शून्य दशमलब ५९ प्रतिशतमा उक्लेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?