logo
२०८१ मंसिर १२ बुधवार



काठमाडौँ उपत्यकाका ४५४ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौँ उपत्यकाका ४५४ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १९ गते । काठमाडाैँ उपत्यकामा कोभिड–१९ का ४५४ जना सङ्क्रमितको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा कोरोनाका ४५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा सबैभन्दा बढी ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना सङ्क्रमितको पुष्टि भएको जानकारी दिनुभयो । यसअघि बिहीबार काठमाडाैँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी ४४५ जना सङ्क्रमितको पुष्टि भएको थियो । नेपालमा हाल १८ हजार ४०४ जनामा कोभिड–१९ सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ३५४ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?