गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १९ गते । नेपालमा कोरोना भाइरसका कारणले मृत्युदर बढ्दाे छ । पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएकाे छ । चार जना महिलासहित १४ जनाकाे कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएकाे हाे ।
काठमाडाैँमा ८२, ६७ र २२ वर्षीया महिला र चितवनमा ३५ वर्षीया महिलाकाे काेराेनाकाे कारणले मृत्यु भएकाे छ । यस्तै, सप्तरीमा ५५ र ५५ वर्षीय पुरुष, धनुषा ६५, कास्की ३१, नवलपरासीमा ३७फ प्युठानमा ५८, रूपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । यसरी भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २७१ पुगेको छ ।