logo
२०८१ मंसिर १२ बुधवार



पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

स्वास्थ्य |


पर्सामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु



दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ २० गते । पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डकमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा १५ दिनदेखि उपचाररत ७५ वर्षीय एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. अतुलेश चौरसियाका अनुसार पर्साको पकाहामैनपुर गाँउलपालिका वडा नम्बर २ का ७५ वर्षीय सङ्क्रमित पुरुषको शुक्रबार राति साढे ११ बजे गण्डकमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

क्षयरोगका पुरानो रोगीसमेत रहेका उपचारको क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ५ गते अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उपचारका क्रममा मृत्यु भएका मृतक पुरुषको दुवै फोक्सोमा निमोनिया भएको थियो । पछिल्लो यो मृत्युसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

मृतक बालकको पीसीआर रिपार्ट नेगेटिभ
वीरगञ्जकै नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार बिहान साढे २ बजे मृत्यु भएका कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका १२ वर्षीय बालकको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ ।
नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. अतुलेश चौरसियाले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बिरुवागुठी १२ वर्षीय बालक सेजल चौधरीको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपछि ती बालकको स्वाब सङ्कलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको डा. चौरसीयाले जानकारी दिनुभयो ।
निमोनियाले ग्रसित ती बालकलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा ल्याएर भर्ना उपचार सुरु गरिएको थियो भने शनिबार बिहान साढे २ बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?