logo
२०८१ मंसिर १२ बुधवार



काठमाडौँका तीनसहित नौ जना सङ्क्रमितको मृत्यु

स्वास्थ्य |


काठमाडौँका तीनसहित नौ जना सङ्क्रमितको मृत्यु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २० गते । कोभिड–१९ बाट नेपालमा थप नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड–१९ सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ । आज थपिएका मृतकसँगै कोभिड–१९ बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या २८० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा तीन जना महिला र छ जना पुरुष गरी नौ जनाको मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा काठमाडौँका ४१, ५९ र ६५ वर्षीय पुरुष छन् । त्यसैगरी पर्साका ७५ वर्षीय पुरुष, महोत्तरीका ७८ वर्षीय पुरुष र रुपन्देहीका ४० वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
मृत्यु हुने महिलामा मकवानपुरकी ५२ वर्षीया, नवलपरासीकी ३७ वर्षीया र ४३ वर्षीया रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?