logo
२०८१ असोज १३ आईतवार



‘विश्वभरि खोप ढुवानी गर्न आठ हजार जम्बो जेट आवश्यक पर्छ’

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


‘विश्वभरि खोप ढुवानी गर्न आठ हजार जम्बो जेट आवश्यक पर्छ’
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । कोरोनाभाइरस विरुद्धको खोप विश्वभरि ढुवानी गर्नु अहिलेसम्मकै सबैभन्दा ठूलो यातायात चुनौती हुने विमान उद्योगले जनाएको छ । अन्तर्राष्ट्रिय विमान यातायात संघले विश्वभरि खोप आपूर्ति गर्न कम्तिमा आठ हजार बोइङ ७४७ आवश्यक पर्ने जनाएको छ ।
कोभिड–१९ विरुद्धको खोप अहिलेसम्म उपलब्ध भइसकेको छैन् । तर अन्तर्राष्ट्रिय विमान संघले ढुवानीको तयारी गर्न सुरु गरिसकेको छ । संघले विश्व स्वास्थ्य संगठन, औषधी निमार्ता, विमान कम्पनी र विमानस्थलहरुसँग ढुवानी योजनाबारे छलफल सुरु गरिसकेको छ ।
आपूर्ति योजनाले प्रति ब्यक्ति एक डोज आवश्यक पर्ने आधारमा यस प्रकारको तयारी गरेको छ । “कोभिड–१९ विरुद्धको खोपलाई सुरक्षित रुपमा गन्तब्यमा पुर्याउनु कार्गो उद्योगको यस शताब्दीकै प्रमुख लक्ष्य हुनेछ, तर यो पूर्ब तयारी र योजना बिना सम्भव हुने छैन् ।”– बीबीसीसँगको कुराकानीका संघका कार्यकारी प्रमुख अलेक्जेण्डर डी जुनिएसले बताउनुभयो ।
सबै विमानमा खोप ढुवानी गर्न सकिन्न । खोप ढुवानीका लागि विमानको तापक्रम दुईदेखि आठ डिग्री सेल्सियससम्म हुनुपर्नेछ । केही खोपलाई ‘फ्रिजिङ’ तापक्रम आवश्यक पर्नेछ । जसका लागि थुप्रै विमानलाई ढुवानीभन्दा बाहिर राख्नेछ ।
कर्गो उद्योगका प्रमुख ग्लैन हजेजले मध्य पूर्ब एशियामा खोपको उत्पादन सम्भावना नरहेकोले उक्त क्षेत्रमा ढुवानी चुनौतीपूर्ण हुने बताउनुभयो । अन्तर्राष्ट्रिय विमान यातायात संघले कार्गो क्षमता कम भएकोले अफ्रिकामा तात्कालै खोप आपूर्ति गर्न असम्भव हुने जनाएको छ ।
विश्वभरि करिब १४० वटा खोप विकासको चरणमा रहेको छ । करिब दुई दर्जन परीक्षणको चरणमा ब्यक्तिमा क्लिनिकल ट्रायलमा छन् । अन्तर्राष्ट्रिय विमान यातायात संघले सबै सरकारलाई सावधानीपूर्बक योजना बनाएर पूर्ण पूर्ब तयारी गर्न सुझाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?