होमराज रानाभाट
देबचुली (नवलपरासी) भदौ २७ गते । पूर्वी नवलपरासीको रजहरमा रहेको अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सा पद्दतिबाट कोरोना संक्रमण निको पार्ने एक मात्र अस्पतालका रुपमा देश भर चर्चा पाएसँगै अहिले यहाँ संक्रमितको संख्या बढ्दै गएको छ । यसरी संख्या बढेपछि अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालयले संक्रमितको व्यवस्थापन गर्न गा¥हो पर्न थालेको छ ।
“अस्पतालको आईसोलेसनमा शनिबारसम्म २०७ जना सक्रिय संक्रमित रहेका छन् । हामीले २० बेड आकस्मिक बिरामीको लागि राखेका छौं, अहिलेको अवस्थाले धेरैमा २०० जना सम्म संक्रमितलाई व्यवस्थापन गर्न सकिएला, संख्या बढ्दै गएको छ अब कसरी धान्ने यो गा¥हो भएको अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले भन्नुभयो ।
केही पहिले संक्रमितको संख्यामा कमि आएपछि आईसोलेसनको क्षमता बिस्तार गर्ने काम भएन, अहिले समुदायमा संक्रमण देखिएपछि त्यो क्षमताले धान्न गा¥हो देखियो, सम्बन्धित निकायमा हामीले कुरा पु¥याएका छौं, छिट्टै सम्बोधन हुने आशा गरेका छांै” पौडेलले भन्नुभयो ।
अस्पतालमा आकस्मिक सेवामा आउने बिरामीको लागि र बाल बच्चा सँगै आएका र बिरामी कुरुवाको लागि बेग्लै कोठा व्यवस्थापन गर्दा बेडको संख्या कम हुँदै गएको निर्देशक डा. पौडलले बताउनुभयो ।
समुदायमा संक्रमण फैलिनु अघि नै क्वारेन्टाइनमा रहेकालाई संक्रमण देखिएपछि जिल्लाका स्थानीय तह र प्रदेश सरकारको सहयोगमा सन्चालन गरिएको अस्पतालको क्षमता विस्तार तत्काल गर्नुपर्ने देखिएको अस्पतालका सचिब प्रदिपराज घिमिरेले बताउनुभयो ।
अस्पतालबाट निको भएका बिरामीलाई बिदा गर्न जिल्लाका स्थानीय तह र जनप्रतिनिधिले जसरी जाँगर देखाएका थिए अब क्षमता विस्तार गर्न पनि त्यसरीनै चासो देखाउनु पर्ने अस्पतालका अध्यक्ष सन्तबहादुर क्षेत्री बताउनुहुन्छ ।
समुदायबाट फैलिने कुरालाई मध्यनजर गरिएको भए र तयारी गर्न सकेको भए ३५० देखि ४०० बेडको व्यवस्थापन गर्न सकिने अस्थायी कोरोना अस्पतालका समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेमगर बताउनुहुन्छ ।
देशकै नमूना आईसोलेसनको रूपमा रहेको चिकित्सालयमा प्राकृतिक चिकित्सा पद्धतिबाट मात्रै संक्रमितको उपचार भइरहेको छ । हालसम्म अस्पतालबाट ३८७ संक्रमित संक्रमण मुक्त भएर घर फर्किसकेका अस्पतालका व्यवस्थापक हरि सापकोटा बताउनुहुन्छ ।