गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २८ गते । काठमाडौं उपत्यकामा ५९७ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित पुष्टि भएकोमा सबैभन्दा बढी काठमाडौंका ४८३ जना छन् । ललितपुरका ३३ र भक्तपुरका ८१ जना छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा सङ्क्रमित पुष्टि भएकामा १७८ महिला र ३०५ पुरुष, ललितपुरमा १६ महिला र १७ पुरुष तथा भक्तपुरमा २२ महिला र ५९ जना पुरुष सङ्क्रमित थपिएका हुन् ।