logo
२०८१ मंसिर १३ बिहीवार



थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्याे

स्वास्थ्य |


थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्याे


गोरखापत्र अनलाइन
काठमाडौँ, असोज  ११ गते । नेपालमा कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् ।  मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको बताइएकाे हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।

चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ । 

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

दश जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४७७ पुगेकाे छ । 

भेन्टिलेटरमा ३३ जनाकाे उपचार भइरहेकाे छ । यस्तै, २२५ जना आइसीयूमा रहेर उपचार गराइरहनुभएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?