logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौँ उपत्यकामा ८०९ सहित बागमतीमा ९०२ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौँ उपत्यकामा ८०९ सहित बागमतीमा ९०२ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, असोज ११ गते । काठमाडौँ उपत्यकामा कोरोनाभाइरसका ८०९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाको तीन जिल्लामा ८०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा २३० महिला र ४०३ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुष तथा भक्तपुरमा २१ महिला र ५१ पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकासहितका तीन जिल्ला सम्मिलित बागमती प्रदेशमा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७३ जना थपिएकोमा ९०२ सङ्क्रमित बागमती प्रदेशकै छन् । चितवनमा ८३ जना सङ्क्रमितको पुष्टि भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?