logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौं उपत्यकामा ९०२ सहित वागमतीमा एक हजार ३६ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ९०२ सहित वागमतीमा एक हजार ३६ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ९०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ९०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुष तथा भक्तपुरमा ५३ महिला र ४० पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशका १२ जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ३६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशभरि एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएकोमा दुई तिहाइ वागतमी प्रदेशका छन् ।
काठमाडौं उपत्यकाबाहेक चितवनमा सबैभन्दा बढी ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । र मकवानपुरमा ३८ जनामा सङ्क्रमणको पुष्टि भएको होे ।
पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । चौबीस घण्टामा १२ हजार २०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?