logo
२०८१ मंसिर १३ बिहीवार



मेची अस्पताललाई पिसिआर परीक्षण मेसिन हस्तान्तरण 

स्वास्थ्य |


मेची अस्पताललाई पिसिआर परीक्षण मेसिन हस्तान्तरण 


लीला झापाली
बिर्तामोड, असोज १५ गते । रोटरी क्लब अफ रिजन– ७ को पहलमा भद्रपुरस्थित मेची अस्पताललाई एक थान पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब भद्रपुरको संयोजनमा आयोजित कार्यक्रमका बीच स्वचालित तीव्र परीक्षण सामथ्र्यको पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले उपकरण सहयोग जुट्दा काम गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटण्डन डा. पिताम्बर ठाकुरले छिटो रिर्पोट दिन सक्ने यस मिसिनका कारण रोग पहिचान गर्न र रोगीको उपचारमा सहयोग हुने बताउनुभयो ।

रोटरी क्लब भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले धन्यवाद दिँदै समापन गरेको कार्यक्रममा रोटरीद्वारा प्रदान गरिएको सो मेसिनले दुई घण्टामै रोगको पहिचान विवरण दिन सक्ने बताउनुभयो ।
हाल सञ्चालनमा रहेको पिसिआर मेसिनबाट रोग संक्रमण पहिचान विवरण आउन १२ घण्टासम्म पर्खनुपर्ने अवस्था छ भने सहयोग प्राप्त मेसिनले दुई घण्टामा नै रिपोर्ट दिन सक्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?