logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौं उपत्यकामा एक हजार ६३८ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा एक हजार ६३८ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १४ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ६३८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । काठमाडौंमा ४७० महिला र ८१० पुरुष, ललितपुरमा ७७ महिला र ८५ पुरुष तथा भक्तपुरमा ८० महिला र ११६ पुरुष सङ्क्रमित थपिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?