गोरखापत्र अनलाइन
काठमाडौं, असोज १७ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार १७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार एक जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार एक, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार १२० जना सङ्क्रमित थपिएका छन् । १२ हजार ९७८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।