logo
२०८१ मंसिर १३ बिहीवार



तीन वर्षीय बालकसहित चौबीस घण्टामा १९ सङ्क्रमितको मृत्युको पुष्टि

स्वास्थ्य |


तीन वर्षीय बालकसहित चौबीस घण्टामा १९ सङ्क्रमितको मृत्युको पुष्टि
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १९ गते । पछिल्लो चौबीस घण्टामा १९ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा मृतकको संख्या ५५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच जना महिला र १४ जना पुरुष सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी १३ जना बागमती प्रदेशका छन् । मृत्यु भएकाहरुमा प्रदेश १ मा एक जना प्रदेश २ मा तीन जना, गण्डकी प्रदेशका एक जना र प्रदेश ५ का एक जना छन् ।
काठमाडौं उपत्यकाको ललितपुरमा एक जना तीन वर्षीय बालकको समेत कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं जिल्लाका तीन जना महिला र छ जना पुरुष गरी नौ जनाको मृत्यु भएको हो । ललितपुरमा तीन जना र चितवनका ६२ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।
गण्डकी प्रदेशको गोरखाकी ४५ वर्षीया महिलाको समेत कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छ । त्यसैगरी, नवलपरासी पूर्बका एक जना ३६ वर्षीय पुरुष सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?