logo
२०८१ मंसिर १३ बिहीवार



नवलपुरमा ३३ जनाले प्लाज्मा दान गरे

स्वास्थ्य |


नवलपुरमा ३३ जनाले प्लाज्मा दान गरे


ज्ञानु पंगेनी
कावासोती, असोज १९ गते । नवलपरासी पूर्व (नवलपुरको) कावासोतीमा भएको प्लाज्मा दान (रक्तदान ) कार्यक्रममा तीन जना महिलासहित ३३ जनाले प्लाज्मा दान गर्नुभएको छ ।

नेपाली काँग्रेस कोभिड १९ अनुगमन उपसमिति नवलपुरको आयोजनामा कार्यक्रम भएको थियो । कोरोना सङ्क्रमित भई निको भएका निसङ्क्रमितहरूको रगत सङ्कलन गरी प्लाज्मा निकाल्ने उद्येश्यका साथ कार्यक्रम आयोजना गरिएको अनुगमन समितिका संयोजक सुरज गुरुङ्गले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमित व्यक्तिहरूलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न कोरोना भएर निको भएका व्यक्तिको सेतो रगत अर्थात प्लाज्मा अभावलाई परिपूर्ति गर्न कार्यक्रम गरिएको गुरुङ्गले बताउनुभयो ।

कार्यक्रमको नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले विद्युतीय माध्यम जुमबाट उद्घाटन गर्दै कोरोनाका कारण एन्टीबडी गुमाएकाहरूको लागि कार्यक्रम फलदायी बन्ने बताउनुभयो ।

कोरोना निको भएर घर बस्नुभएका सबैलाई यस प्रकारको कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै रजहर प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले प्लाज्माले जीवन दान गर्ने बताउनुभयो । उहाँले प्लाज्मा कोरोनाको कारण बिरामी पर्नुभएका सबैका लागि निकै उपयोगी भएको डा. पौडेलको भनाइ थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?