सरोज ढुंगेल
काठमाडौं, असोज २१ गते । नेपालमा बुधबार हालसम्मकै अत्यधिक संख्यामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि पुनः बन्दाबन्दी गर्न सरकारलाई सिफारीस गरेको थियो । तर बुधबार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोरोना भाइरस (कोभिड १९) फोकल पर्सन महेन्द्र प्रसाद श्रेष्ठले २५ हजार सक्रिय संक्रमित पुगेसँगै अस्पतालले धान्न नसक्ने बताउनुभयो । उहाँले अस्पतालले कोरोनाका बिरामी धान्न नसक्ने भएपछि सरकार समक्ष लकडाउन गर्नलाई सिफारीस गरेको जानकारी दिनुभयो ।
स्वास्थ्यले मात्र बन्दाबन्दी गरेर नहुने भन्दै यातयात,पर्यटन लगायत अन्य क्षेत्र बन्दाबन्दीको लागि तयार हुनुपर्ने बताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप तीनहजार ४ सय ३९ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।