logo
२०८१ मंसिर १३ बिहीवार



काभ्रेमा थपिए ४३ काेराेना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ९४० पुग्यो

स्वास्थ्य |


काभ्रेमा थपिए ४३ काेराेना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ९४० पुग्यो


मधुसुधन तिमल्सिना/केदार तिमल्सिना 
काभ्रे, असोज २३ गते । काभ्रेपलाञ्चोक जिल्लामा आज (शुक्रबार) ४३ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार धुलिखेल नगरपालिकामा १४ महिला र १० पुरुष गरी २४ जना, बनेपा नगरपालिका ११ पुरुष र पाँच महिला गरी १६ जना, पनौती नगरपालिकामा एक पुरुष र एक महिला गरी दुई जना र रोशी गाउँपालिकामा एक पुरुष गरी ४३ नयाँ सङक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले शुक्रबार थपिएका ४३ सहित जिल्लाका ९४० जनामा सङक्रमण पुष्टि भएको बताउनुभयो । जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३४९ जना रहेका छन् । जसमा ११० जना अस्पतालको आइसोलेसनमा र २३९ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा ५८३ जना निको भएर घर फर्किएका छन् । आठ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेका १३ स्थानीय तहमध्ये बाह्र स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको खानीखोला गाउँपालिकामा भने अहिलेसम्म कोरोना सङ्क्रमण नभएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?