logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौं उपत्यकामा दुई हजार ६७२ मा सङ्क्रमणको पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा दुई हजार ६७२ मा सङ्क्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २४ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका दुई हजार ६७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार एक सय जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार एक सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच हजार आठ सङ्क्रमित थपिएका छन् । १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार २२९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?