गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ९३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ९३५ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट तीन हजार ५६४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८४ हजार ५१८ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३६ हजार ५३३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ७४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख २१ हजार ७४५ पुगेको छ ।