logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौं उपत्यकामा एक हजार ७०२ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा एक हजार ७०२ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ४ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ७०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४३१ छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ९३ सङ्क्रमित थपिएका छन् । १३ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म करिब १३ लाख १४ हजार जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ३९ हजार १२९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९६ हजार ६०९ जना सङ्क्रमित निको भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?