सिराज खान
नेपालगञ्ज, कात्तिक ६ गते । भेरी अस्पताल नेपालगञ्जमा रहेको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा बिहीबार ६६ जनामा संक्रमण देखिएको छ ।
भेरी अस्पतालद्धारा बिहीबार दिउँसो जारी गरिएको सूचना अनुसार पछिल्लो २४ घण्टामा बाँकेका ४४ र अन्य जिल्लाका २२ जना गरेर ६६ जनामा कोरोना भाईरस संक्रमण देखिएकोे छ ।
भेरीको सो प्रयोगशालामा पछिल्लो २४ घन्टामा १९१ जनाको स्वाब नमुना परिक्षण गरिएको थियो ।
यसअघि बुधवार र मंगलवार पनि बाँकेमा ७४–७४ जना संक्रमित थपिएका थिए ।
भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६०९ जनाको नमुना परीक्षणमा तीन हजार ३९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
पछिल्लो समयमा आएर परीक्षण गराउनेहरु मध्ये अधिकांशमा संक्रमण पुष्टि हुने गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।