logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौं उपत्यकामा एक हजार ५३५ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा एक हजार ५३५ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा एक हजार ५३५ जना सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ९०६ पुरुष, र ६२९ महिला पहिचान गरिएको जनाएको छ । काठमाडौंमा अघिल्लो दिनको तुलनामा करिब ४२५ जना थप ब्यक्तिमा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ८५६ जना सङ्क्रमित थपिएका छन् । १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा हाल २३ हजार ७५० जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ४५ हजार ४४५ जना निको भएका छन् । उपत्यकामा कोरोना सङ्क्रमणबाट हालसम्म ३०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच जनाको सङ्क्रमणबाट मृत्यु भएकोमा दुईजना काठमाडौं उपत्यकाका छन् ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ३२६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ११ हजार ६७० सङ्क्रमित निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?