गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १० गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ८९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा ८९४ जना सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा ५१५ पुरुष, र ३८० महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।