logo
२०८१ मंसिर १३ बिहीवार



काठमाडौं उपत्यकामा एक हजार ६१५ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा एक हजार ६१५ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १३ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ६१५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा एक हजार ६१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ६१५ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ७०४ महिला र ९११ पुरुष  छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ३६४ सङ्क्रमित थपिएका छन् । तीन हजार ३८ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १६ हजार ५२१, ललितपुरमा दुई हजार ७४० र भक्तपुरमा एक हजार ७५ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ३२८ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २०९, ललितपुरमा ५८ र भक्तपुरमा ६१ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?