logo
२०८१ मंसिर १३ बिहीवार



गम्भीर बिरामीको जीवन बचाउन ‘प्लाज्मा दान’

स्वास्थ्य |


गम्भीर बिरामीको जीवन बचाउन  ‘प्लाज्मा दान’


यलु जाेशी
काठमाडौं, कात्तिक १५ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ ।
केही समयअघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न अपिल गर्नुभएको हो ।

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भन्नुभयो ‘छोरी पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिनुभयो ।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण बिरामी भई ओम नर्सिङ होममा उपचार गराइरहनु भएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ ।
उहाँले अहिले काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आयुर्वेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको पनि जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?