logo
२०८१ मंसिर १३ बिहीवार



सङ्क्रमितको उपचारमा धरौटी माँग गर्ने अस्पतालसँग स्पष्टीकरण, मृतक संख्याबारे जाँच गर्न समिित गठन

स्वास्थ्य |


सङ्क्रमितको उपचारमा धरौटी माँग गर्ने अस्पतालसँग स्पष्टीकरण, मृतक संख्याबारे जाँच गर्न समिित गठन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको विवरण फरक पर्न आएकोले सत्य तथ्य पत्ता लगाउन समिति गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिब सम्मिलित तीन सदस्यीय समिति गठन गरेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङको क्रममा कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको संख्या फरक फरक आएकोले कात्तिक २ गतेको निर्णय अनुसार समिति गठन गरिएको जानकारी दिनुभयो । समितिमा सीसीएमसी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख सम्मिलित छन् । प्रवक्ता डा. गौतमले समितिले काम सुरु गरिसकेको र प्रतिवेदन बुझाएपछि सत्य तथ्य सार्वजनिक गरिने बताउनुभयो ।
त्यसैगरी, मन्त्रालयले कोभिड–१९ सङ्क्रमितबाट भर्ना हुनुअघि धरौटी लिने सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले कोभिड–१९ सङ्क्रमितको उपचारको क्रममा हुनेसँग शुल्क लिने र नहुनेको तिर्ने नीतिमा मन्त्रालय अझै यथावत् रहेकोले धरौटी लिने सूचना जारी गरेका सबै अस्पतालसँग स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?