गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १७ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका एक हजार ६३० जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ६३० जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ७०२ जना महिला र ९२८ जना पुरूष छन् ।