गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १८ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४६८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४६८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६४९ महिला र ८१९ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ११४ सङ्क्रमित थपिएका छन् । तीन हजार १४२ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।