logo
२०८१ मंसिर १३ बिहीवार



उपत्यकामा एक हजार ८७८ जना सङ्क्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा  एक हजार ८७८ जना सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १९ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका एक हजार ८७८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयले गरेको प्रेस बिफ्रिङ्को क्रममा प्रवक्ता गौतमले काठमाडौं जिल्लामा एक हजार ५७० जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये ७३७ महिला र एक हजार १४१ पुरुष छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरि १३ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३०९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौंमा हाल १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ तथा भक्तपुरमा एक हजार ११४ जनामा भाइरसको सङ्क्रमण सक्रिय  छ । काठमाडौंमा हालसम्म ५० हजार ६८२ जना सङ्क्रमित निको भई घर फर्केका छन् । ललितपुरमा निको हुनेको संख्या सात हजार १६५ छन् । भक्तपुरमा चार हजार ९०३ जना निको भएका छन् । हालसम्म काठमाडौंमा २५६, ललितपुरमा ६४ र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?