logo
२०८१ मंसिर १३ बिहीवार



दुई हजार ८१७ सङ्क्रमित थपिए, मृत्यु हुनेको संख्या एक हजार १०८

स्वास्थ्य |


दुई हजार ८१७ सङ्क्रमित थपिए,  मृत्यु हुनेको संख्या एक हजार १०८


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २३ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ८१७  जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् । नेपालमा अहिले ८१.१   प्रतिशत निको हुने दर छ । 

देशका विभिन्न अस्पतालमा ३९८ जना आइसीयू र ८२ जना भेन्टिलेरमा रहेर उपचार भइरहेको छ । 

पछिल्लो चौबीस घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?