गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २६ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार २६१ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार २६१ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयले काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ५६९ सङ्क्रमित थपिएका छन् । एक हजार ६६६ सङ्क्रमित निको भएर घर फर्केका छन् ।