काठमाडाैं, कात्तिक २८ गते । काठमाडौँ उत्यकामा थप एक हजार २०७ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।
अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ ।